सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिहारमा फेरि पनि नितिश कुमारकै गठबन्धनलाई बहुमत, कसले कति सिट जिते ? 

बिहारमा फेरि पनि नितिश कुमारकै गठबन्धनलाई बहुमत, कसले कति सिट जिते ? 

मंगलबार राति आएको अन्तिम मतपरिणामअनुसार नितिश कुमार नेतृत्वको एनडीएले १२५ सिटमा जित हात पारेको छ भने तेजस्वी यादव नेतृत्वको महागठबन्धनलाई भने १ सय १० सिट प्राप्त भएको छ। 
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

काठमाडौं- भारतको नेपाली सीमावर्ती राज्य बिहारमा भएको विधान सभाको निर्वाचनमा फेरि पनि नितिश कुमार नेतृत्वको गठबन्धनले बहुमत ल्याएको छ ।  

मंगलबार राति आएको अन्तिम मतपरिणामअनुसार नितिश कुमार नेतृत्वको एनडीएले १२५ सिटमा जित हात पारेको छ भने तेजस्वी यादव नेतृत्वको महागठबन्धनलाई भने १ सय १० सिट प्राप्त भएको छ। 

सर्भेक्षणहरुको प्रक्षेपण विपरित विधानसभाको मतपरिणामबाट फेरि पनि एकपटक नितिश कुमार नेतृत्वको एनडीएलाई सरकार बनाउने जनादेश प्राप्त भएको छ । नितिश कुमार १५ वर्षदेखि लगातार बिहारको सत्ताको बागडोर सम्हाल्दै आएका थिए ।

प्रक्षेपणहरुले बिहारमा १५ वर्षदेखि सत्ताको बागडोर सम्हाल्दै आएका वर्तमान मुख्यमन्त्री नितिश कुमार र प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी गठबन्धनले ठूलो धक्का ब्यहोर्नुपर्ने छ भनेका थिए । 

बिहार राज्यको २४३ सदस्यीय विधानसभामा सरकार बनाउनका लागि कम्तीमा १२२ सिट चाहिन्छ र एनडीएले १२५ सिट जितेको छ ।

पार्टीगत रुपमा भने महागठबन्धनको नेतृत्व गर्ने राष्ट्रिय जनता दल (आरजेडी) ७५ सिटका साथ विधान सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ। भारतीय जनता पार्टी (भाजपा) ७४ सिटका साथ दोस्रो नम्बरमा आएको छ। 

नितिश कुमारको पार्टी जनता दल युनाइटेड (जेडीयु)ले भने ४३ स्थानमा मात्रै जित हात पारेको छ । सन् २०१५ मा उसले ७१ सिट जितेको थियो । 

यस्तै सन् २०१५ मा भएको निर्वाचनमा आरजेडीले ८० र भाजपाले ५३ सिटमा चुनाव जितेको थियो। 

२०२० को विधानसभा चुनावमा सांसद असदुद्दीन ओवेसीको पार्टी अल इन्डिया मजलिस–ए–इत्तेहादुल मुस्लिमिनले ५ सिट जितेको छ ।

नितिश कुमारको विरोध गर्दै विधानसभा चुनाव एक्लै लडेको चिराग पासवानको लोक जनशक्ति पार्टी (एलजेपी)ले केबल एक सिट जितेको छ ।

यसैगरी बहुजन समाज पार्टीले एक सिट र एक स्वतन्त्र सांसद विजयी भएका छन् ।

प्रकाशित: Nov 11, 2020| 01:40 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।