सोमबार, भदौ १५, २०८३

बढ्यो चिसो, काठमाडौंको तापक्रम ८.४ डिग्री सेल्सियस

 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

काठमाडौं– देशभर चिसो बढ्ने क्रम सुरु भएको छ। यससँगै काठमाडौं तापक्रम पनि घटेको छ। 

बुधबार बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ८ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ। काठमाडौंको दिउँसोको तापक्रम २४ देखि २६ डिग्रीसम्म पुग्ने मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ। 

मंगलबार काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ८ डिग्री सेल्सियसमा झरेको थियो भने जुम्लामा माइनस शून्य दशमलव १ मा झरेको थियो।

सामान्यतया राति आकाश खुला हुँदा बिहान तापक्रम घट्ने गर्छ। अहिले पानी पार्ने प्रणाली सक्रिय नहुँदा देशभरको मौसम सामान्यतया सफा हुँदा विस्तारै चिसो बढ्दै गएको महाशाखाले जनाएको छ। बिहान ९ बजेसम्म तापक्रम घट्नेक्रममै रहने पनि महाशाखाले जनाएको छ।  

बुधबार हिमाली भूभागमा मौसम आशिंक बदली भए पनि अरु ठाउँको मौसम सफा हुने मौसमविद्ले बताएका छन्।  

प्रकाशित: Nov 11, 2020| 01:16 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।