तुलसीपुर- दाङमा ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।
राप्ती गाउँपालिका वडा नं ४ मौरीघाटमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशामा गुडिरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।
मंगलबार राति ८ बजेतिर उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए।
मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन। शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ। रासस