काठमाडौं- महिला अधिकारकर्मी वन्दना राणा संयुक्त राष्ट्रसंघीय महिलाविरुद्धको विभेद निरुपण समिति (सिड) मा पुनः निर्वाचित भएकी छन्।
सिडको अन्तरराष्ट्रिय समितिको वर्तमान कार्यकाल (सन् २०१७– २०२०) मा राणा उपाध्यक्षका रुपमा कार्यरत छिन्।
समितिमा निर्वाचित सदस्यमध्येबाट एकएक अध्यक्ष र उपाध्यक्ष चयन गरिने प्रावधान छ।
उनलई १३७ मत उनलाई परेको थियो। तेइस सदस्यीय समितिका ११ पदमा यस पटक निर्वाचन भएको हो। जसमा १९ देशका प्रतिनिधिको उम्मेदवारी परेको थियो।
१८९ देशले मतदान गर्न पाउने समितिमा यस पटक १८८ देशले मतदान गरेका थिए। राणा अब समितिको सन् २०२१ देखि २०२४ सम्मका लागि सदस्यमा निर्वाचित भएकी छन्।
समितिको २१ औं बैठकले ११ जनालाई निर्वाचित गरेको हो। नेपालसँगै नेदरल्यान्ड्स, बहामस, लिथुनिया, घाना, अस्टलिया, मेक्सिको, लेबनान, फ्रान्स, फिलिपिन्स र चीन निर्वाचित भएका छन्।