सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिना दर्ता सञ्चालित क्रसर उद्योग तत्काल बन्द गर्न सीडीओहरुलाई निर्देशन

बिना दर्ता सञ्चालित क्रसर उद्योग तत्काल बन्द गर्न सीडीओहरुलाई निर्देशन

गृह मन्त्रालयले विना दर्ता सञ्चालित क्रसर उद्योग बन्द गर्न देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ।
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

काठमाडौं- गृह मन्त्रालयले विना दर्ता सञ्चालित क्रसर उद्योग बन्द गर्न देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ। 

यस्तै सञ्चालनमा रहेका क्रसर उद्योग मापदण्डबमोजिमका छन् कि छैनन् भनेर अनुगमन गरी सात दिनभित्र विवरण पठाउन पनि निर्देशन दिइएको छ।

मन्त्रालयमा मंगलबार बसेको सरोकारवालाहरुको बैठकले यस्तो निर्देशन दिएको हो। 

बैठकको निर्णयअनुसार संघीय मामिला थता सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र ढुंगा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड परिमार्जन गर्ने भएको छ।

गृहले हाल सञ्चालित क्रसर उद्योगको सम्पूर्ण विवरण केन्द्रमा पठाउन पनि प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ। 

निर्देशनमा हाल सञ्चालनमा रहेका क्रसर उद्योगहरुका सम्बन्धमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा डिभिजन वन कार्यालयका प्रमुख, जिल्ला प्रहरी प्रमुख, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख, मालपोत प्रमुख, नापी कार्यालय प्रमुख र सम्बन्धित इन्जिनियर टोलीलाई अनुगमन गर्न भनिएको छ। 

मन्त्रालयले भनेको छ, 'क्रसर उद्योग दर्ता भए नभएको, उद्योग दर्ता हुँदाका बखत तोकिएको उद्देश्य अनुरुप सञ्चालन भए नभएको, आईई स्वीकृत भए नभएको, तोकिएको जग्गामा उद्योग सञ्चालन भए नभएको, दर्ता हुँदाका बखत तोकिएका अन्य सर्त तथा मापदण्ड पालना भए नभएको, राजस्व, रोयल्टी वा तिर्नु बुझाउनुपर्ने सरकारी दस्तुर बुझाए नबुझाएको लगायतको विवरण संकलन गरी सात दिनभित्र गृह मन्त्रालयमा पठाउन सबै प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिने।'

बैठकले राष्ट्रिय गौरवको आयोजना वा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना वा कुनै अन्य आयोजना प्रयोजनका लागि स्वीृकति लिई क्रसर सञ्चालन भएको भए सोको विवरणसमेत पठाउन निर्देशन दिइएको छ।

नदीजन्य पदार्थमा आधारित उद्योग तथा स्थानीय तहबाट ठेक्का लगाइएको नदीजन्य पदार्थको उत्खनन संकलन तथा बिक्री वितरणको प्रभावकारी रुपमा अनुगमन गरी निर्धारित मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएमा कारबाही गर्न पनि निर्देशन दिएको छ।

प्रकाशित: Nov 10, 2020| 13:01 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।