सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा सचिवालय सदस्यहरुको छलफल ‘बैठकका लागि ओलीले सहमति दिने आशा गर्दै’ सम्पन्न

नेकपा सचिवालय सदस्यहरुको छलफल ‘बैठकका लागि ओलीले सहमति दिने आशा गर्दै’ सम्पन्न

नेकपाका बहुमत सचिवालय सदस्यको बैठक पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग बैठकका लागि सहमति दिन आग्रह गर्दै सकिएको छ।
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

काठमाडौं-  नेकपाका बहुमत सचिवालय सदस्यको बैठक पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग बैठकका लागि सहमति दिन आग्रह गर्दै सकिएको छ।

सचिवालयका सदस्यसँग छलफल गर्नुअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी ओलीसँग भेट गरेको तर, ओलीले बैठकका लागि अझै पनि अस्वीकार गरिरहेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

सचिवालयको अनौपचारिक बैठक पछि सञ्चारकर्मीसँग प्रवक्ता श्रेष्ठले भने, ‘हामीले हाम्रो पार्टीको अहिलेको संकटको विशिष्ट परिस्थितिमा हामी पार्टी एकताप्रति अत्यन्तै संवेदनशील छौं। र, धैर्यसाथ हामीले सहमतिमै बैैठक बस्न प्रयत्न गरिराख्या छौं। यो हाम्रो कमजोरी होइन। बरु हामीले पार्टी एकतालाई बचाउँदै, सबै कमरेडहरुले आफ्नो विवेक प्रयोग गरेर सहमतिमा बैठक बसेर र पार्टी एकताको रक्षा गर्ने, पार्टीका निर्णय कार्यान्वयन गराउने दिशामा अगाडि बढिरहेका छौं।’

उनले आजको छलफलमा के विषयमा कुरा भयो र ओलीले सहमति दिएनन् भने पार्टीले के गर्छ भन्ने पत्रकारको प्रश्नमा भने, ‘आज मुख्यतः बैठककै बारेमा छलफल भयो। बैठक बसेन भने के गर्ने भनेर त्यसरी हामीले सोचेकै छैनौं।’

उनले भोलि (बुधबार) प्रधानमन्त्री ओलीको काठमाडौं बाहिर जाने कार्यक्रम भएकोले २७ कात्तिकमा बैठक बस्ने कुरामा आफू आशावादी भएको बताए। उनले अगाडि भने, ‘यद्यपि, २७ गते बैठक बस्ने कुरामा अध्यक्ष कमरेडलेसहमति जनाइसक्नु भएको छैन।’

उनले सचिवालय बैठक बसेमा कोभिड–१९ को संकट र त्यसले जनजीविकामा पारेको संकटबारे समिक्षा गर्ने, स्थायी कमिटीको निर्णय लागू गर्नेबारेमा, कर्णाली प्रकरण, पर्सामा कार्यकर्ताको हत्या प्रकरण, भारतीय गुप्तचर संस्थाका प्रमुख र प्रधानमन्त्रीबीचको भेट  लगायतमा छलफल हुने जानकारी दिए। 

प्रकाशित: Nov 10, 2020| 12:25 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।