सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालुवाटारमा ओली–दाहाल भेट, सचिवालय बैठकका लागि अझै सहमति जुटेन

बालुवाटारमा ओली–दाहाल भेट, सचिवालय बैठकका लागि अझै सहमति जुटेन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई भेटेर सचिवालय बैठक डाक्न पुनः अनुरोध गरेका छन्।
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई भेटेर सचिवालय बैठक डाक्न पुनः अनुरोध गरेका छन्।

आज अपरान्ह ओलीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका दाहालले पार्टीभित्र देखा परेका समस्या समाधानका लागि छलफल गर्न सचिवालय बैठक डाक्न पुनः अनुरोध गरेका हुन्।

ओली–दाहाल भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले यसअघि सचिवालय बैठक डाक्न यसअघि पनि अध्यक्ष ओलीलाई आग्रह गरिएको बताउँदै बैठक डाक्न अध्यक्ष ओली अझै तयार नभएको जानकारी दिए।

‘कार्यकारी अध्यक्ष दाहालले अनुरोध गरेअनुसार हिजो पनि बैठक बसेन। पर्सी २७ गते बैठक राख्न पनि अध्यक्ष ओली तयार हुनुभएको छैन,’ प्रवक्ता श्रेष्ठले भने। 

पार्टी एकताका लागि आफूहरु संवेदनशील रहेको दाबी गर्दैै श्रेष्ठले बैठक कुरिरहेको र पर्सी सचिवालय बैठक बस्ने कुरामा विश्वस्त रहेको बताए। पार्टीको बैठक नबस्नु उपयुक्त नभएको भन्दै उनले पार्टी विभाजन समस्याको निकास नभएकाले आफूहरु विभाजनको पक्षमा नभएको स्पष्ट पारे।

प्रकाशित: Nov 10, 2020| 12:10 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।