काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४२० जनालाई कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थपिएका २ हजार ७३६ मध्ये १ हजार ४२९ जना उपत्यकाका छन्।
अहिले काठमाडौं उपत्यकामा २० हजार २६० जना सक्रिय संक्रमित छन्।
जसमध्ये ५ हजार २२२ जना विभिन्न अस्पताल र आइसोलसन सेन्टरमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।