सोमबार, भदौ १५, २०८३

प्रदेश १ का संक्रमितमध्ये ३५.७३ प्रतिशत महिला

प्रदेश १ मा मंगलबारसम्ममा कोरोना संक्रमितको संख्या २२ हजार ५१३ पुगेको छ। संक्रमित भएका मध्ये १४ हजार ४६९ पुरुष र ८ हजार ४४ महिला छन्।
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

विराटनगर– प्रदेश १ मा मंगलबारसम्ममा कोरोना संक्रमितको संख्या २२ हजार ५१३ पुगेको छ। संक्रमित भएका मध्ये १४ हजार ४६९ पुरुष र ८ हजार ४४ महिला छन्।

समग्रमा संक्रमित महिलाको प्रतिशत ३५.७३ छ। कुल संक्रमण भएका मध्ये ६४.२७ प्रतिशत पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार उमेर समूहमा २१–३० बर्षका बढी संक्रमित भएका छन्। सो उमेर समूहका २७.७१ प्रतिशत संक्रमित भएका छन्। ३१–४० का २४.१७, ४१–५० का १६.१२, ५१–६० का ११.७७, १०–२० का ८.३१, ६१–७० ५.५८, ७१ देखि माथि ३.७२, ०–१० बर्ष उमेर समूहका २.६६ प्रतिशत संक्रमित भएका छन्। 

२१ देखि ६० बर्ष उमेर समूहका मात्रै करिब ८० प्रतिशत संक्रमित भएको सामाजिक विकास मन्त्रालयको कोभिड १९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले बताए।   

प्रदेश १ मा ६८ प्रतिशत कोरोना संक्रमणमुक्त भएका छन्। पछिल्लो समय दैनिक संक्रमण मुक्त हुनेको संख्या बढ्दै गएको छ। संक्रमितको तुलनामा डिस्चार्ज हुने बढी देखिएको छ। मंगलबारसम्म १५ हजार ३१५ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ५२६१ महिला र १० हजार ५४ पुरुष छन्। 

प्रदेश १ मा मंगलबार ३१५ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा १००, झापामा ८३, सुनसरीमा ७९, उदयपुरमा १४, धनकुटामा १३, भोजपुरमा ३, ओखलढुङ्गा, संखुवासभा, तेह्रथुम र खोटाङमा २–२, इलाम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Nov 10, 2020| 11:10 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।