सोमबार, भदौ १५, २०८३

पर्सामा लागु औषधसहित दुईजना पक्राउ 

पर्सा- जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध सहित दुईजनालाई पक्राउ गरेको छ ।
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

पर्सा- जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध सहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुर बस्ने २० वर्षिय रोशन साह र चन्दन कुशवाहा रहेका छन् ।

सूचनाको अधारमा वीरगंज महानगरपालिका वडा नम्बर २५ मौजे सिर्सियास्थित सडक खण्डमा रोशन साहले बोकेको झोलामा फेनारगन, एम्पुल, डाइजेपाम ६, ६ सय पिस र नुर्फिन इन्जेक्सन ६ सय पिस बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।

भारतबाट लुकाईछिपाई ल्याई कलैयाका आफनो साथी भन्ने चन्दन कुशवाहालाई बोलाएको अवस्थामा दुबैजनालाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ गरेका दुबैलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम लागु औषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कार्वाही प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ । 

प्रकाशित: Nov 10, 2020| 10:06 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।