सोमबार, भदौ १५, २०८३

रक्सौल विधानसभाबाट बीजेपीका सिन्हा विजयी

सीमावर्ती सहर रक्सौलबाट उम्मेदवारी दिएका सिन्हाले कांग्रेसका सुरेश यादवलाई हराएका हुन्।
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

पर्सा-  भारत विहार राज्यमा भएको निर्वाचनमा रक्सौलका प्रमोद सिन्हा विजयी भएका छन्। सीमावर्ती सहर रक्सौलबाट उम्मेदवारी दिएका सिन्हाले कांग्रेसका सुरेश यादवलाई हराएका हुन्।

विधानसभा चुनावमा सिन्हाले ४४ हजार ४३ मत प्राप्त गरी विजयी भए। प्रतिद्वन्द्वी यादवले १८ हजार २०३ मत मात्रै प्राप्त गरे।

विजयी सिन्हाका भाई अशोक सिन्हाको गत कात्तिक १ गते वीरगन्जको रेश्मकोटीस्थित श्री गणेश एपार्टमेन्टबाट अवैध रुपमा २३ केजी २३७ ग्रामको सुन र झन्डै दुई  किलो २६२ ग्राम चाँदी बरामद भएको थियो।

अशोक अझै फरार छन्।  प्रमोदको चुनाव खर्च जुटाउन उनका भाइ अशोकले सुन तस्करी गर्न खोजेको शंका गरिए पनि त्यसको पुष्टि हुन सकेको छैन।

झन्डै १९ करोड मूल्य बराबरको सुन राजस्व कार्यालयमा बुझाइसकिएको छ। 

प्रकाशित: Nov 10, 2020| 09:58 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।