सोमबार, भदौ १५, २०८३

सरकारविरुद्ध संघर्ष गर्ने तयारीमा राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारविरुद्ध जनसंघर्षमा जाने भएको छ।
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारविरुद्ध जनसंघर्षमा जाने भएको छ।

पार्टीका अध्यक्षहरु कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीबीच मंगलबार बसेको बैठकमा सरकार असफल हुँदै गएको र भ्रष्टाचारमा लिप्त रहेको निष्कर्ष निकाल्दै संघर्षमा जाने विषयमा छलफल भएको हो।

पार्टी अध्यक्ष कमल थापाको बुढानिलकण्ठ पासिकोटस्थित निवासमा बसेको बैठकले देशको राजनीतिक अवस्था र पार्टी संगठनको समीक्षा गरेको छ।

स्थानीय तहमा पार्टी समायोजनलाई तीव्रता दिने तथा कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचार लगायतका विषयलाई लिएर जनसंघर्ष गर्ने विषयमा समेत छलफल भएको पार्टी सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।
 

प्रकाशित: Nov 10, 2020| 09:40 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।