सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सचिवालय सदस्यहरुसँग छलफल गर्नुअघि दाहाल पुगे बालुवाटार

सचिवालय सदस्यहरुसँग छलफल गर्नुअघि दाहाल पुगे बालुवाटार

सत्तारुढ नेकपाका बहुमत सदस्यहरुसँगको छलफल अघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

काठमाडौं– सत्तारुढ नेकपाका बहुमत सदस्यहरुसँगको छलफल अघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

दाहालले अपरान्ह ४ बजे पार्टी सचिवालयका सदस्यहरुसँग छलफल गर्दै छन्।

पार्टीभित्र देखिएको विवाद समाधान हुन नसकिरहेका बेला दाहालले प्रधानमन्त्री ओलीसँग छलफल गर्न लागेका हुन्।

गत शुक्रबार र शनिबार पनि सचिवालयका बहुमत सदस्यबीच धुम्बाराहीमा छलफल भएको थियो।

शनिबार नै ५ जना सदस्यहरुले ओलीलाई लिखित पत्र बुझाएका थिए।

सोमबारसम्म सचिवालय बैठक राख्ने विषयमा सहमतिका लागि प्रधानमन्त्री ओलीलाई आग्रह गरे पनि उनी सकारात्मक नदेखिए पछि आज अपरान्ह सचिवालयका सदस्यबीच फेरि छलफल हुन लागेको हो।

दाहाल लगायतका नेताहरुले औपचारिक बैठक राख्ने तयारी गरिरहेका बेला मंगलबार बिहान ओलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् स्थायी कमिटी सदस्य शंकर पोखरेललाई खुमलटार पठाएका थिए। त्यसअघि सोमबार महासचिव विष्णु पौडेलले पनि दाहालसँग छलफल गरेका थिए।

आज बिहान खुमलटार पुगेर पोखरेलले अध्यक्ष दाहाललाई एक पटक प्रधानमन्त्रीसँग भेटवार्ता गर्न आग्रह गरेका थिए।

प्रकाशित: Nov 10, 2020| 09:37 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।