काठमाडौं– फेसबुकमा सुसाइड नोट लेखेर बिहानैदेखि सम्पर्कविहीन भएका भक्तपुरस्थित द डेन्टल सिटी अस्पतालका निर्देशक डा दिगम्बर झा काभ्रेमा फेला परेका छन्।
महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एसपी तारादेवी थापाले सम्पर्कविहीन भएका चिकित्सक केहीबेर अघि काभ्रे प्रहरीको सहयोगमा फेला परेको जानकारी दिइन्।
‘घरबाट बिहान ५ बजे नै निस्किएका रहेछन्, त्यसपछि फेसबुकमा आत्महत्या गर्न लागेको भन्ने सुसाइड लेखिएको रहेछ’, उनले भनिन्,‘हामीले काभ्रे प्रहरीको समन्वयमा फेला पारेका छौं।’
परिसर भक्तपुरले उनको लोकेशन हेरेर काभ्रे प्रहरीसँगको समन्वयमा उनलाई काभ्रेको भुम्लु भन्ने स्थानमा फेला पारेको जनाएको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।