सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • थप रणनीति बनाउन नेकपाका बहुमत सचिवालय सदस्य छलफलमा जुट्दै

थप रणनीति बनाउन नेकपाका बहुमत सचिवालय सदस्य छलफलमा जुट्दै

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद यतिखेर चुलिएको छ। 
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद यतिखेर चुलिएको छ। 

बहुमत सदस्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालयको बैठक राख्न शनिबार दिएको ४८ घन्टे अल्टिमेटम पनि सकिएको छ। 

यो बीचमा पनि ओलीले बैठकका लागि सहमति नदिएपछि बहुमत सचिवालय सदस्य थप रणनीति बनाउन लागेका हुन्।

आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफल गर्न लागेको नेकपा स्रोतले जानकारी दिएको छ।

अध्यक्ष ओलीलाई दवाव दिनकै लागि बहुमत सदस्य छलफल गर्न लागेको बुझिएको छ। 

यसअघि गत बिहीबार र शुक्रबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा छलफल गरेका बहुमत सदस्यले आज पनि छलफल गरेर कसरी अगाडि बढ्ने भन्ने रणनीति तय गर्ने स्रोतले जानकारी दियो। 

ओली बैठकका लागि तयार नभए कार्यकारी अध्यक्षका हैसियतले दाहालले नै बैठक बोलाउनुपर्ने माग उठिरहेको छ। यसका विषयमा नेताहरुले छलफल पनि गरिसकेका छन्।

शनिबार ओलीलाई पाँच जना सचिवालयका नेताले भेटेर बैठकका लागि लिखित आग्रह गरेका थिए। 

ओलीले आइतबार वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग छलफल गरेर समस्या समाधानका लागि सहयोग गर्न आग्रह गरेका थिए।

त्यसयता उनले सोमबार महासचिव विष्णु पौडेललाई दाहाललाई मनाउन खुमलटार पठाएका थिए। 

आज मंगलबार बिहानै लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं स्थायी समिति सदस्य शंकर पोखरेललाई खुमलटार पठाएका थिए। तर, अध्यक्ष पुष्पकमल दाहालले भने ओलीको सन्देश बोकेर गएका नेताहरूलाई बैठक बसेर विवाद समाधान गर्नुपर्ने जवाफ दिइसकेका छन्।

ओली केहीसमय बैठक पर धकेलेर आफ्नो पक्षमा वातावरण बनाउन खोजिरहेका छन्। यसले गर्दा नेकपाभित्रको विवाद तत्कालै समाधान हुने संकेत देखिएको छैन। 

दाहालले बोलाएको अनौपचारिक छलफलमा आज पनि दाहालसहित झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ मात्रै सहभागी हुने बुझिएको छ।
 

 

प्रकाशित: Nov 10, 2020| 07:45 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।