सोमबार, भदौ १५, २०८३

पटाका ओसारपसार गर्नेलाई विस्फोटक पदार्थको मुद्दा  

हिन्दूको दोस्रो ठूलो चाड तिहार तथा छठ नजिकिएसँगै सिमावर्ती सहरमा किनमेल गर्ने क्रम बढेको छ। 
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

कात्तिक - तिहार तथा छठ नजिकिएसँगै सिमावर्ती सहरमा किनमेल गर्ने क्रम बढेको छ। 

भारतसँग सीमा जोडिएका क्षेत्रमा बसोबास गर्ने नेपालीले भारतीय बजारबाट अन्य सामानको बिचमा लुकाएर छोराछोरीका झुरझुरी (पटाका) ल्याउने गर्दथे। 

त्यस्ता पटाका प्रहरीले फेला पारेमा भन्सार कार्यालय अगाडि जफत गरिदिन्थ्यो। 

तर यसवर्ष प्रदेश २ का बारा, पर्सा र रौतहटमा प्रहरीले पटाका ल्याउने व्यक्तिलाई पक्राउ गरी विस्फोटक पदार्थ अन्तर्गतको मुद्दा चलाउन थालेको छ। 

त्यतीमात्र होइन पर्सा प्रहरीले घरघरमा खानतलासी गरी पटाका बरामद भएमा घरधनीलाई विस्फोटक पदार्थ अन्तर्गत मुद्दा चलाएको छ। 

पर्सामा मात्रै प्रहरीले पछिल्लो एक सातामा ५ जनालाई पक्राउ गरी मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुवँरले बताए। 

गत बिहीबार पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका १७ अलौमा विनोद सहनीको घरमा राती ११ बजे छापा मारी किङ्ग कोबरा, मुर्गाछाप, चक्कर ब्राण्ड, फलावर पोट्स, सुपर टिट, क्रान्ड कोड, ग्राउण्ड चक्कर, फरमुला बेस्ट इभर, अशोक फाइभ इन वन, फोर कलर छुरछुरी, टिलटिल छुरछुरीलगायत विभिन्न किसिमका पटाका बरामद गर्‍यो। 

पटाकासहित सहनीलाई पक्राउ गरी विस्फोटक पदार्थ सम्बन्धी कसुरमा मुद्दा चलाएको प्रहरी नायब उपरीक्षक कुँवरले बताए।  

यसैगरी जिल्ला प्रहरी कार्यालय बाराले जितुपर सिमरा उपमहानगरपालिका ५ स्थित ललका पुलबाट बसको डिक्कीमा खुर्सानीको बोरा भित्र लुकाएर राखेको पटाकासहित दुई जनालाई आइतबार बिहान पक्राउ गर्‍यो। 

पक्राउ पर्ने बाराको फेटा गाउँपालिका १ त्रिवेणीका २८ वर्षीय लालबाबु दास र २७ वर्षीय कन्हैया दासलाई सोमबार मुद्दा चलाएको छ । 

प्रहरीले गर्ने नियमित चेकजाँचको क्रममा उनीहरूलाई वीरगञ्जबाट चितवनतर्फ गइरहेको ना ७ ख ६०४१ नम्बरको यात्रुवाहक बसबाट पक्राउ गरेको थियो। 

उनीहरुका साथबाट पनि प्रहरीले नागिन पटाका ४० बण्डल, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने गन्दक जस्तो देखिने पहेलो पदार्थ एक किलो ५ सय ग्राम र सुहागा जस्तो देखिने सेतो पदार्थ ६ किलो ९ सय ग्राम बरामद गरेको जनाएको छ। 

प्रहरीले उनीहरूविरुद्ध बारा जिल्ला अदालतबाट विस्फोटक पदार्थ अन्तर्गत कसुरमा पहिलोपटक ५ दिनको म्याद अनुमति लिएर अनुसन्धान थालेको छ।  

चाडपर्वको बेला पटाका बरामद हुँदैमा विष्फोटक पदार्थ अन्तर्गतको मुद्दा चलाउन नहुने अधिवक्ता कमल मोहन पोखरेल बताउँछन्। 

खासमा सिमावर्ती क्षेत्रमा मात्र नभई राजधानीमा समेत पटाका पडकाइने गरिन्छ। पटाकालाई लिएर विष्फोटक पदार्थ अन्तर्गतको मुद्दा चलाईएको पहिलो पटक सुनिएको उनको भनाइ छ । 

‘संविधान दिवस, विवाहलगायतका अवसरमा पनि सीमावर्ती क्षेत्रबाट पटाका ल्याएर उत्सव मनाउने गरिन्छ,’ युवा अभियन्ता ओमप्रकाश सर्राफले भने, ‘यसैको निहुमा मुद्दा चलाइनु न्यायसंगत होइन।’ 

अवैध सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाउनपर्ने र  तस्कर नै हो भने त्यस्तो व्यक्तिलाई त्यस्तो व्यक्तिलाई चाेरी पैठारीकाे मुदा चलाउनु पर्ने उनले बताए। 

प्रहरीले भने कानुनले समेत निषेध गरेकाले पक्राउ परेकाहरूलाई मुद्दा चलाइएको बताएको छ। 

प्रहरी नायब उपरीक्षक मनोजित कुवँरले भने, ‘अवाज आउने पटाका  लगायतलाई बरामद गरी विस्फोटक पदार्थ अन्तर्गत मुद्दा चलाइएको हो।’ यस्तो कार्य गर्नेलाई निरुत्साहित गर्न मुद्दा चलाएको उनले बताए। 
 

प्रकाशित: Nov 10, 2020| 07:34 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।