सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • औपचारिक सचिवालय बैठक राख्ने तयारी भइरहेका बेला शंकर पोखरेलले भेटे दाहाललाई

औपचारिक सचिवालय बैठक राख्ने तयारी भइरहेका बेला शंकर पोखरेलले भेटे दाहाललाई

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र बढ्दै गएको विवाद समाधान हुन नसकिरहेका बेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् स्थायी कमिटी सदस्य शंकर पोखरेलले भेट गरेका छन्।
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र बढ्दै गएको विवाद समाधान हुन नसकिरहेका बेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् स्थायी कमिटी सदस्य शंकर पोखरेलले भेट गरेका छन्।

उनी दाहाललाई भेटन् मंगलबार बिहान खुमलटार पुगेका हुन्। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको सन्देश लिएर पोखरेल दाहाललाई भेट्न खुमलटार पुगेको बताइएको छ। 

पार्टीभित्र देखिएको विवाद समाधानका लागि दाहालसहितका बहुमत सचिवालय सदस्यले सचिवालय बैठकका लागि सहमति जनाउन ओलीलाई लिखित पत्र बुझाएको दुईदिन बितिसक्दा पनि ओलीले चासो देखाएका छैनन्।

ओली बैठकका लागि गम्भीर नबनेपछि दाहालले कार्यकारी अध्यक्षका हैसियतले बैठक राख्ने तयारी गरिरहेका बेला पोखरेलले भेटवार्ता गरेका हुन्।

२६ भदौंमा सम्पन्न स्थायी कमिटीको निर्णय कार्यान्वयन गरेर अहिले देखिएको विवाद समाधान गर्नुपर्ने नेताहरुले बताउँदै आइरहेका छन्।

सचिवालयका बहुमत सदस्यहरुले कार्यकारी अध्यक्षकै हैसियतले दाहालले बैठक बोलाउनुपर्ने दबाव दिइरहेका बेला ओलीले त्यसलाई रोक्न आफू निकटका नेताहरुलाई परिचालन गरेका हुन्। 

सोमबार महासचिव विष्णु पौडेलले पनि खुमलटार पुगेर अध्यक्ष दाहालसँग भेटवार्ता गरेका थिए। प्रधानमन्त्री ओलीले २६ भदौंमा स्थायी कमिटी बैठकले गरेका निर्णय कार्यान्वयन गर्न नखोजेपछि नेकपाभित्र फेरि विवाद बढेको छ। 

नेताहरुले सचिवालयको बैठक राखेर सोही बैठकमा समाधान खोज्नुपर्ने बताउँदै आएका छन्। तर, ओली भने सचिवालय बैठकमा प्रस्तुत गरिने एजेण्डा पहिले दुईअध्यक्ष मिलेर तय गर्नुपर्ने र तब मात्रै बैठक बस्नुपर्ने अडानमा देखिएका छन्।

प्रकाशित: Nov 10, 2020| 06:46 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।