सोमबार, भदौ १५, २०८३

पोखराको आइसोलेसनबाट कोरोना संक्रमित भागे 

पोखराको मालेपाटनस्थित आइसोलेसनबाट सोमबार राति एकजना कोरोना संक्रमित भागेका छन्।
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

पोखरा– पोखराको मालेपाटनस्थित आइसोलेसनबाट सोमबार राति एकजना कोरोना संक्रमित भागेका छन्।

साँझ ७ बजे बेलुकाको खाना आएपछि एकछिन माथिको तलामा गएर साथीसँग कुरा गर्छु भनेका ती संक्रमित छलबाट हामफालेर भागेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसी सुवास हमालले बताए।

बुटवल घर भई पोखरा बस्दै आएका ३५ वर्षीय संक्रमितलाई कात्तिक १५ गते पोखरा महानगरपालिकाले सञ्चालन गरेको मालेपाटनको आइसोलेसनमा राखिएको थियो। उनी मासु व्यवसायी हुन्।

दसैंका बेला च्यांग्रा भनेर च्यांग्रीको मासु बेचेको आरोपमा उनीमाथि जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। सो मुद्दामा अदालतले मागेको धरौटी बुझाउन नसकेपछि उनी जेल चलान भएका थिए। 

आइसोलेसमा आएपछि पत्नीले धरौटी रकम अदालतमा बुझाएर रिहाइको पत्र हात परिसकेको भए पनि उनी किन भागे थाहा हुन सकेको छैन। प्रहरीले उनको खोजी गरिरहेको छ।

मालेपाटनको आइसोलेसनमा ५० जना संक्रमित बस्दै आएका छन् ।

प्रकाशित: Nov 10, 2020| 05:47 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।