सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • थानकोटमा बसको ठक्करबाट तरकारी बेच्न हिडेका पुरुषको मृत्यु

थानकोटमा बसको ठक्करबाट तरकारी बेच्न हिडेका पुरुषको मृत्यु

काठमाडौंको चन्द्रागिरी नगरपालिका ५ थानकोटमा बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । 
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

काठमाडौं- काठमाडौंको चन्द्रागिरी नगरपालिका ५ थानकोटमा बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । 

बिहान साढे चार बजे तिर नम्बर नखुलेको पहेलेको रंगको सार्वजनिक बसले ठक्कर दिदा तरकारी बेच्न हिँडेका ४० वर्षका नविन लोहारको मृत्यु भएको हो । 

दुर्घटना लगत्तै उनलाई नजिकैको ओम समाज अस्पतालमा लगिएको थियो । अस्पताल पुर्याएको केहिबेरमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बाजुरा घर भएर थानकोटमा बस्दै आएका लोहार थानकोटमा तरकारी बेच्ने गर्थे । बिहानै तरकारी बेच्न निस्किएका उनलाई नम्बर नखुलेको गाडीले ठक्कर दिएको थियो । 

ठक्कर दिने बसको खोजी भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित: Nov 10, 2020| 05:15 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।