सोमबार, भदौ १५, २०८३

पुतलीबजारका प्रमुख प्रशासकीय अधिकृत ढकालको निधन

स्याङ्जाको पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डोलराज ढकालको निधन भएको छ।
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

पोखरा– स्याङ्जाको पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डोलराज ढकालको निधन भएको छ।

रक्त क्यान्सरको उपचार गराइरहेका उनी ५१ वर्षका थिए। पोखरामा पिसिआर गराएर रिपोर्ट नेगेटिभ आएपछि काठमाडौं लगिएका उनको सोमबार मृत्यु भएको हो।

प्रमुख प्रशासकीय अधिकृत ढकालको निधनमा पुतलीबजार नगरपालिकाले शोक विज्ञप्ति जारी गरी नगरपालिका र नेपालको निजामती क्षेत्रले एक कुशल र उच्च प्रशासनिक क्षमता भएको व्यक्ति गुमाउनु परेको उल्लेख गरेको छ।

मेयर सीमाकुमारी क्षेत्रीले प्रमुख प्रशासकीय अधिकृत ढकालको निधनमा म‌ंगलबार एक दिन नगरपालिकामा बिदा दिइएको छ।  

निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम बरालले जारी गर्दै मंगलबार नगरपालिका र मातहतका सबै कार्यालय बन्द रहने जनाएका छन्। विद्यालयमा जारी परीक्षा भने बन्द नहुने विज्ञप्तिमा उल्लेख छ।

ढकालको शव पोखरा ल्याएर म‌ंगलबार बिहान पोखराको शान्तिघाटमा दाहसंस्कार गरिएको छ।

प्रकाशित: Nov 10, 2020| 04:32 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।