झापा- नेपाल रेडक्रस सोसाइटी झापाका पूर्व सभापति एवं पूर्व केन्द्रीय सदस्य रेवतिरमण नेपालको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
हल्दिबारी गाउँपालिका निवासी ७० वर्षीय नेपालको सोमबार राति मृत्यु भएको रेडक्रस सोसाइटी झापा जिल्ला अध्यक्ष लोकराज ढकालले जानकारी दिए।
उनका अनुसार कुनै दीर्घ रोग नभएका नेपालको उपचारका क्रममा नोबेल अस्पताल बिराटनगरमा सोमबार राति ११ः४५ मा निधन भएको हो ।
उनलाई कात्तिक १२ गते मेची प्रादेशिक अस्पतालमा स्वाब परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको थियो।
फोक्सोमा धेरै संक्रमण भएको भन्दै मेची प्रादेशिक अस्पतालबाट उनलाई विराटनगर रेफर गरिएको थियो। विराटनगर स्थित नोबेल अस्पतालमा उनलाई प्लाज्मा थेरापीसमेत गरिएको थियो ।