सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विद्युतीय गाडीमा बढाइएको कर पनि घटाउन राप्रपा अध्यक्ष थापाको माग

विद्युतीय गाडीमा बढाइएको कर पनि घटाउन राप्रपा अध्यक्ष थापाको माग

राप्रपा अध्यक्ष कमल थापाले नेकपा नेतृत्वको सरकारले पुस्तकमा लगाएको कर फिर्ता लिएकोमा धन्यबाद दिएका छन्। 
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

काठमाडौं– राप्रपा अध्यक्ष कमल थापाले नेकपा नेतृत्वको सरकारले पुस्तकमा लगाएको कर फिर्ता लिएकोमा धन्यबाद दिएका छन्। 

अध्यक्ष थापाले ट्वीट गर्दै भेनेका छन्, ‘पुस्तकमा लगाइएको कर हटाएकोमा सरकारलाई धन्यबाद।’ उनले अब विद्युतीय गाडीमा बढाईएको कर पनि कम्तिमा पुरानै अवस्थामा फर्काउन सरकारको ध्यानाकर्षण गराएका छन्। 

अध्यक्ष थापाले लेखेका छन्,‘पुस्तकमा भन्सार कर बढाउने सरकारको निर्णय ठिक थिएन। ढिलै भएपनि पुस्तकमा लाग्दै आएको कर हटाएकोमा सरकारलाई धन्यवाद। अब विद्यतबाट चल्ने गाडीमा बढाईएको कर पनि कम्तिमा पुरानै अवस्थामा फर्काउन सरकारको ध्यान आकर्षित गर्दछु।’

प्रधानमन्त्ती केपी शर्मा ओली र अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको ध्यानाकर्षण गराउँदै उनले विद्युतीय गाडीको विषयमा स्मरण गराएका हुन्।  

प्रकाशित: Nov 10, 2020| 03:52 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।