डडेल्धुरा– डडेल्धुरामा चितुवाको आक्रमणबाट फेरि एक किशोरीको ज्यान गएको छ।
बैतडीको शिवनाथ गाउँपालिका ४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ।
घाँस काट्न सीमाक्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका १ मर्मागाड पुगेकी किशोरीको सोमबार चितुवाले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए।
आइतबार मात्रै डडेल्धुराको भागेश्वरमा चितुवाले १२ वर्षीय बालकको ज्यान लिएको थियो।