काठमाडौं- भारतीय सेनाध्यक्ष नेपाल भ्रमणमा आएको तीन सातापछि भारतीय विदेशसचिव नेपाल आउने भएका छन् ।
भारतीय विदेश सचिव हर्षबर्धन सिङगला मंसिर दोस्रो साता नेपाल आउने भएका हुन् ।
दुई दिने भ्रमणका क्रममा सिङलाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत उच्च अधिकारीहरुसँग भेटभाट गर्ने कार्यक्रम छ ।
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे कात्तिक १९ गते ३ दिने नेपाल भ्रमणमा आएका थिए । उनले राष्ट्रपति प्रधानमन्त्री र प्रधानसेनापतिसँग भेटवार्ता गरेका थिए ।
त्यसअघि भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल कात्तिक ५ गते नेपाल भ्रमणमा आएका थिए ।
उनले पनि प्रधानमन्त्री केपीशर्मा ओलीलगायतलाई भेटेका थिए ।