सोमबार, भदौ १५, २०८३

सात जना जुवाडे पक्राउ 

 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

नवलपरासी– प्रहरीले जुवातास खेल्ने सात जनालाई सोमबार साँझ पक्राउ गरेको छ। 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मध्यविन्दु २ शेरीस्थित नारायणजंघ कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले मध्यविन्दु ७ का ३० वर्षीय भवानीशंकर थनेत, ३१ वर्षीय कृष्ण कुमाल, मध्यविन्दु १ का ४३ वर्षीय खोरबहादुर चौधरी, मध्यविन्दु २ का ३७ वर्षीय सुनबहादुर आलेमगर, ५३ वर्षीय हेमलाल थनेत, ३३ वर्षीय उदय उप्रेती र ४५ वर्षीय पदम रानालाई पक्राउ गरेको कार्यालयका सूचना अधिकारी विशाल तामाङले जानकारी दिए। 

उनीहरुको साथबाट ४२ हजार १७०, विदेशी मुद्रा २६० दिराम र तीन बुक ताससमेत बरामद गरेको तामाङले बताए। उनीहरुलाई मुलुकी अपराध संहिताबमोजिम कसुरअन्तर्गत अनुसन्धान कार्य अघि बढाइएको तामाङले बताए।  
 

प्रकाशित: Nov 10, 2020| 01:42 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।