सोमबार, भदौ १५, २०८३

पुस्तकको अतिरिक्त कर हट्यो, मल किन्ने निर्णय

काठमाडौं- सरकारले पुस्तक आयातमा लगाइएको १० प्रतिशत अतिरिक्त भन्सार शुल्क हटाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त शुल्क हटाउने निर्णय गरेको हो।
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

काठमाडौं- सरकारले पुस्तक आयातमा लगाइएको १० प्रतिशत अतिरिक्त भन्सार शुल्क हटाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त शुल्क हटाउने निर्णय गरेको हो।

अघिल्लो आर्थिक वर्षको बजेटले विदेशबाट आयात हुने किताब तथा पत्रपत्रिकामा १० प्रतिशत अतिरिक्त शुल्क लगाउने व्यवस्था गरेको थियो।

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले तयारी वस्तु र कच्चा पदार्थ आयातको भन्सार दरमा फरक कायम गर्ने भन्दै विदेशमा छापिएर आउने  किताबमा १० प्रतिशत भन्सार लगाएका हुन्।

यसअघि नेपालमा किताब तथा पत्रिका छाप्न ल्याउने कागजमा ५ प्रतिशत भन्सार लाग्ने भए पनि छापिएर आउने किताब तथा पत्रिका भने छुटमा आउने गरेका थिए।

प्रेस सञ्चालकले नेपालमा कागज किनेर छाप्नुभन्दा विदेशबाटै छपाएर ल्याउनु सस्तो हुने भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए।

किताबमा लागेको करविरूद्ध काठमाडौं लगायत देशका विभिन्न सहरमा विरोध पनि भएको थियो। 

यसैगरी सरकारले सरकारले बंगलादेश सरकारसँग रासायनिक मल किन्‍ने निर्णय गरेको छ। 

यसअघि सरकारले बंगलादेश सरकारसँग ५० हजार टन मल पैंचोमा ल्याउने र पछि नेपाल सरकारले फिर्ता गर्नेगरी कुराकानी अघि बढाएको थियो। तर, पछि बंगलादेश सरकारले किन्नु नै पर्ने बताएपछि मल ल्याउने प्रक्रिया अवरूद्ध बनेको थियो ।

यसैगरी मन्त्रिपरिषद् बैठकले मन्त्रीहरुको यो वर्षभरिको तलबको ५० प्रतिशत तलब कोरोना रोकथाम कोषमा हाल्ने निर्णय गरेको छ।
 

प्रकाशित: Nov 10, 2020| 01:18 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।