सोमबार, भदौ १५, २०८३

कोरोनाको खोप खरिद गर्न समिति गठन

सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न समिति गठन गरेको छ।
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

काठमाडौं- सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न समिति गठन गरेको छ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाविरूद्ध खोप तयार भएका मुलुकबाट खरिदको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

त्यसका लागि अर्थ, परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिव सदस्य रहेको समिति गठन गर्ने निर्णय बैठकले गरेको छ। एक मन्त्रीका अनुसार खोप खरिद जीटुजी अर्थात् सरकारले सिधै सरकारसँग हुनेछ। 

कोरोना भाइरसविरुद्ध तयार गरिएको पहिलो खोपले ९० प्रतिशत मानिसमा संक्रमण रोक्न सक्ने समाचार सार्वजनिक भएकै दिन सरकारले यस्तो निणस्य गरेको छ।

संसारकै ठूलो औषधि कम्पनी फाइजर र बायोनटेकले निर्माण गरेको यो औषधिले ९० प्रतिशत संक्रमण रोक्न सक्ने दाबी गरिएको छ। 

खोप निर्माणकर्ता ‘फाइजर र बायोएनटेक’ ले यो विज्ञान र मानवताकै ऐतिहासिक दिन भएको घोषणा गरेका छन्।

कम्पनीले यो महिनाको अन्तिमसम्ममा खोप प्रयोगको अनुमति प्राप्त गर्न आवेदन दिने तयारी गरेका छन्।

यो खोप अहिलेसम्म ६ देशका ४३ हजार ५०० व्यक्तिमा परीक्षण गरिसकिएको छ। साथै सुरक्षाका विषयमा कुनै चिन्ता प्रकट भएको छैन।

संसारभर थुप्रै खोपहरु अहिले अन्तिम चरणमा पुगेको भनिएको छ। जसलाई तेस्रो चरणको क्लिनिकल ट्रायल भनिएको छ।
 

प्रकाशित: Nov 10, 2020| 00:49 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।