सोमबार, भदौ १५, २०८३

कोरोना परीक्षण र उपचार निःशुल्कै

सरकारले कोरोना भाइरस परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ।
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

काठमाडौं- सरकारले कोरोना भाइरस परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ। यसअघिको निर्णय सच्याउँदै सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। 

केही समयअघि सरकारले निश्चित वर्गको मात्र परीक्षण र उपचार निःशुल्क गर्ने तर अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको थियो। 

सरकारको उक्त निर्णयको सर्वत्र आलोचना हुनुका साथै सर्वोच्च अदालतमा रिटसमेत परेको थियो। अदालतले सरकारलाई सबै नागरिकको कोरोना परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो। 

फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदनसमेत खारेज भएपछि सरकारलाई निर्णय उल्ट्याउन दबाब परेको थियो।
 

प्रकाशित: Nov 10, 2020| 00:35 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।