सोमबार, भदौ १५, २०८३

बैंकिङ कसुरको आरोपमा सीआइबीद्वारा साह पक्राउ

बैकिङ कसुर गरेको आरोपमा नेपाल सप्तरीका सूर्यप्रसाद साह पक्राउ परेका छन्।
 |  सोमबार, कात्तिक २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २४, २०७७

काठमाडौं- बैकिङ कसुर गरेको आरोपमा नेपाल सप्तरीका सूर्यप्रसाद साह पक्राउ परेका छन्।

साहलाई सीआइबीले आइतबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाएको छ। उनलाई काठमाडौं विश्वविद्यालयमा बुझाउनुपर्ने रकम नबुझाई चेक बाउन्स गराएको आरोप विश्वविद्यालयले लगाएको छ। 

उनले काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साईन्सेजमा अध्ययन गर्दा लाग्ने रकममध्ये पहिलो किस्ता बापत १३ लाख ४१ हजार रुपयाँ क्याम्पसमा बुझाउनुपर्नेमा महालक्ष्मी विकास बैंकको चेक दिएको तर सो चेकमा रकम नभएको विश्वविद्यालयले जनाएको छ। 

विश्वविद्यालयको नाममा काटिएको रकम बैंकबाट झिक्न खोज्दा बैंकमा रकम नभएको तर साह विश्वविद्यालयको सम्पर्कमा नरहेकोले विश्वविद्यालयले साहलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेमा मुद्दा दर्ता गराएका थिए। 

जिल्ला प्रहरी कार्यालयले सिआइबीलाई साहको खोजीका लागि आग्रह गरेको थियो।

प्रकाशित: Nov 09, 2020| 13:41 सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।