सोमबार, भदौ १५, २०८३

पर्सामा धान उत्पादन बढ्यो, कृषक घाटामै

पर्सामा यस वर्ष धानको उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्र पर्साका अनुसार गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो।
 |  सोमबार, कात्तिक २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २४, २०७७

पर्सा- पर्सामा यस वर्ष धानको उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्र पर्साका अनुसार गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो।

जिल्लाको प्रमुख बालीको रुपमा मानिने धान खेती सदरमुकाम वीरगंज आसपासदेखि जिल्लाका दुर्गम बस्ती सिकारीबासमा समेत उत्पादन हुने गर्दछ।

पर्सामा लगाईने धानमध्ये अगहनी धान ३५ हजार हेक्टर, भदैया धान ८ हजार ५ सय ५० हेक्टर र चैते धान ३ हजार ५ सय हेक्टर जमिनमा लगाइएको थियो। जसबाट भदैया धान प्रतिमेट्रिकटन ५.२ प्रतिहेक्टर उत्पादन भएको र अगहनी धान ४ मेट्रिकटन प्रतिहेक्टर उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्साका बाली प्रमुख सुरेश चौरसियाले बताए। 

उत्पादित धानहरुमध्ये चैते, भदैया र अगहनी धान गरी गत वर्षको तुलनामा यस वर्ष ०.२ प्रतिशतले वृद्धि भएको उनको भनाइ छ। गत वर्ष भदैया धान प्रतिहेक्टर ५ मेट्रिक टन उत्पादन भएको थियो भने अगहनी धान प्रतिहेक्टर ४ मेट्रिक टन उत्पादन भएको थियो। 

अगहनी धानमा कतर्नी धानलाई यसपटक पानी र किराले क्षति पुर्याएको कारण प्रतिहेक्टर ३.५ मेट्रिक टन उत्पादन भएको उनले बताए।

अगहनी धानअन्तर्गत सोना मन्सुलीलाई भने पानी र किराले असर नगरेको र गत वर्षको तुलनामा यस वर्ष पनि प्रतिहेक्टर ४ मेट्रिक टनको दरले उत्पादन भएको बाली प्रमुख चौरसियाले बताए।

पर्सा जिल्लामा तीन बाली धानखेती हुने गरेकोमा सबैभन्दा बढी अगहनी धानको खेती हुन्छ। अगहनी धानमा सोना मन्सुली सबैभन्दा बढी पर्सामा रोपिने गरिन्छ। 

धान भित्रयाएपछि गहुँखेती गर्छन्। यसपटक अगहनी धानखेती गरेका किसानहरूले अहिलेसम्म गत वर्षको तुलनामा कम मूल्यमा धान बेच्नुपरेकाले भण्डारण गरेका छन्। 

जिल्लामा धान उत्पादनमा बढोतरी भएपनी मूल्य भने हरेक वर्षझै कायमै रहेको छ। गतवर्ष २२ सयदेखि २४ सय रुपैयाँसम्म प्रतिक्विन्टल सोना मन्सुली बिक्री भएकोमा अहिले २१ सय रुपैयाँसम्म मूल्य कायम गरिएको छ।

प्रकाशित: Nov 09, 2020| 12:55 सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।