शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अर्नब गोस्वामीलाई जमानत दिन मुम्बई हाइकोर्टबाट अस्वीकार

अर्नब गोस्वामीलाई जमानत दिन मुम्बई हाइकोर्टबाट अस्वीकार

आत्महत्या दुरुत्साहनको मुद्दामा पक्राउ परेका भारतीय टेलिभिजन रिपब्लिक टिभीका प्रधान सम्पादक अर्नब गोस्वामीलाई मुम्बई उच्च अदालतले जमानतमा रिहा गर्न अस्वीकार गरेको छ।
 |  सोमबार, कात्तिक २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २४, २०७७

एजेन्सी-  आत्महत्या दुरुत्साहनको मुद्दामा पक्राउ परेका भारतीय टेलिभिजन रिपब्लिक टिभीका प्रधान सम्पादक अर्नब गोस्वामीलाई मुम्बई उच्च अदालतले जमानतमा रिहा गर्न अस्वीकार गरेको छ। 

National life

सोमबार जमानतको मागमा सुनवाई गर्दै अदालतले अर्नब गोस्वामीका तर्फबाट दायर निवेदन खारेज गरिदिएको छ। 
अदालतले जमान दिन अस्वीकार गर्दै उनलाई तल्लो अदालत जान निर्देशन दिएको छ। 

न्यायिक हिरासतमा रहेका उनले मोबाइल फोनको प्रयोग गरेको आरोपमा प्रहरीले उनलाई जेलमा राखेको छ। 

गोस्वामीले आफूलाई प्रहरीले प्रताडित गरेको र आफूलाई ज्यानको खतरा रहेको आरोप लगाएका छन्। 

अर्नब गोस्वामी र अन्य दुई आरोपितलाई महाराष्ट्रको प्रहरीले इन्टिरियर डिजाइनर अन्वय नाइक र उनकी आमाको आत्महत्यासम्बन्धी मुद्दामा ५ दिनअघि पक्राउ गरेको थियो। 

Laxmi sunrise bank
kumari

अर्नबको गिरफ्तारीपछि महाराष्ट्र सरकार र मुम्बई प्रहरीलाई ‘बदलाको भावना’ले काम गरेको आरोप लागिरहेको छ। 

अर्नब गोस्वामीलाई उनको टेलिभिजनको इन्टिरियर डिजाइन गर्ने डिजाइनरलाई त्यसवापतको करोडौंं रुपैयाँ नदिएको र त्यसकै पीडाले डिजाइनरले आत्महत्या गरेको आरोप दुई वर्षअघि लागेको थियो। 
 

प्रकाशित: Nov 09, 2020| 11:00 सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।