काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २ हजार ५७१ संक्रमित थपिएकामा आधाभन्दा धेरै संक्रमित उपत्यकामा छन्।
मन्त्रालयका अनुसार सोमबार उपत्यकामा थपिएकामा ६३० जना महिला र ७९८ जना पुरुष छन्।
हाल काठमाडौँमा १५ हजार ९८२ जना सक्रिय संक्रमित छन् भने भक्तपुरमा १ हजार १४३ र ललितपुरमा २ हजार २५९ जना सक्रिय संक्रमित छन्।