काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २ हजार ५७१ जनामा कोरोना संक्रमण भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा थप २ हजार ५७१ जनालाई कोरोना पुष्टि भएको छ।
२४ घण्टामा १ हजार ७९८ जना संक्रमणमुक्त भएपछि निको हुनेको संख्या १ लाख ५९ हजार ७२४ पुगेको छ।
यस्तै १८ संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमितको मृत्युको संख्या १ हजार १२६ पुगेको छ।