सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कास्की प्रशासनको उर्दी– घरपरिवारमै चाड मनाउनू, देउसीभैलो नखेल्नू

कास्की प्रशासनको उर्दी– घरपरिवारमै चाड मनाउनू, देउसीभैलो नखेल्नू

जिल्ला प्रशासन कार्यालय कास्कीले देउसीभैलो लगायतका मनोरन्जनात्मक कार्यक्रम गर्न रोक लगाएको छ।
 |  सोमबार, कात्तिक २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २४, २०७७

पोखरा– जिल्ला प्रशासन कार्यालय कास्कीले देउसीभैलो लगायतका मनोरन्जनात्मक कार्यक्रम गर्न रोक लगाएको छ।

प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले सोमबार सूचना निकालेर कोरोना संक्रमण फैलने जोखिम उच्च भएकाले देउसी भैलोसहित अन्य भीडभाडजन्य गतिविधि नगर्न आग्रह गरेका छन्।

कोरोना भाइरसको जोखिम कास्कीमा समेत दिनप्रतिदिन बढ्दै गइरहेको सन्दर्भमा तिहार, छठजस्ता नेपालीको चाडपर्वको समयमा हुने अधिक आवागमन र भीडभाडजन्य गतिविधिले संक्रमणको जोखिम थप जटिल हुने सूचनामा उल्लेख छ।

चाडपर्व मनाउँदा आफू रहेकै स्थानमा आफ्ना घरपरिवारका सदस्यसँग मात्र सीमित रही मनाउन, जिल्लाभित्र कुनै पनि प्रकारका मेला, महोत्सव तथा व्यापारिक केन्द्रमा भीडभाड नगर्न र स्वास्थ्य तथा सुरक्षा मापदण्डको पूर्ण रुपमा पालना गर्न गराउन प्रशासनले आग्रह गरेको छ।

सूचनामा पटका, आतिशवाजी र भुइँचम्पा जस्ता विस्फोटक पदार्थ बिक्री र प्रयोग नगर्न पनि आग्रह गरिएको छ।

कोरोना भाइरस संक्रमणविरुद्ध सचेतता नअपनाए संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ।
 

प्रकाशित: Nov 09, 2020| 09:46 सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।