चीनको हुबे प्रान्तस्थित वुहान सहरबाट गत वर्षको डिसेम्बरमा सुरु भएको कोरोना भाइरसबाट हालसम्म ५ करोडभन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन्।
भाइरसबाट हालसम्म ५ करोड ४ लाख २ हजार ५५८ सङ्क्रमित हुनुका साथै १२ लाख ५६ हजार २५४ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये ३ करोड ५५ लाखभन्दा बढी भने संक्रमणमुक्त भएका छन्।
संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो, जहाँ कोरोना भाइरसबाट २ लाख ३७ हजार ११३ जनको मृत्यु भएको छ। अमोरिकामा ९९ लाख ७१ हजार ६५१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन्।
अमेरिकापछि ब्राजिलमा १ लाख ६२ हजार ३९७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ। यहाँ ५६ लाख ६४ हजार ११५ कोरोना भाइरस सङ्क्रमित छन्। भारतमा १ लाख २६ हजार ६११ जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ। यहाँ ८५ लाख ५३ हजार ६५७ कोरोना भाइरस सङ्क्रमित भएका छन्।
मेक्सिकोमा यस भाइरसका कारण ९५ हजार २७ जनाको मृत्यु भएको छ भने ९ लाख ६७ हजार ८२५ जना सङ्क्रमित भएका छन्। बेलायतमा ४९ हजार १३४ जनाको मृत्यु भएको छ भने ११ लाख ९५ हजार ३५० जनाको कोरोना भाइरस संक्रमित भएका छन्।
चीनमा कोरोना भाइरसबाट ९१ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भए भने ४ हजार ७४१ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो।