सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सेरो सर्वेको नतिजा आएपछि मात्रै समुदायमा कोरोना संक्रमणको अवस्था थाहा हुने

सेरो सर्वेको नतिजा आएपछि मात्रै समुदायमा कोरोना संक्रमणको अवस्था थाहा हुने

समुदायमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन सेरो सर्वेक्षणका लागि देशभरका ३ हजार १५० जनाको नमुना संकलन गरिएको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। 
 |  सोमबार, कात्तिक २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २४, २०७७

काठमाडौं– समुदायमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन सेरो सर्वेक्षणका लागि देशभरका ३ हजार १५० जनाको नमुना संकलन गरिएको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। 

देशभरबाट नमुना संकलन गरी एन्टीबडी परीक्षण गर्न लागिएको हो। यसको लागि सेरो प्रिभिलेन्स सर्वे सकिएको महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले जानकारी दिए। सर्वेक्षणअन्तर्गत प्रत्येक प्रदेशमा ४५० जनाका दरले सातै प्रदेशमा गरी ३ हजार १५० जनाको नमुना (रगत) संकलन गरिएको छ। 

डा. पाण्डेले भने, ‘समुदायमा गरिने परीक्षणको नमुना लिने काम सम्पन्न भइसकेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षणको प्रक्रिया अघि बढाइसकेकाले अबको हप्ता दिनमा नतिजा आउँछ।’

जनस्वास्थ्य विज्ञहरुले समुदायमा संक्रमण फैलिएको बताए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षण नगरी बताउन नसक्ने भन्दै परीक्षण गरेको हो। यो सर्वेबाट समुदायमा संक्रमणको अवस्था पत्ता लाग्ने महाशाखाले जनाएको छ। 

सर्वेक्षण अन्तर्गत प्रत्येक प्रदेशको ३० वटा वडाका १५ परिवारको नमुना लिइएको छ। प्रतिपरिवार १ जनाको नमुना संकलन गरिएको छ।  डा. पाण्डेका अनुसार यो परीक्षणपछि  हालसम्म नेपालमा कति प्रतिशत व्यक्ति संक्रमित भए भन्ने पत्ता लाग्छ। 

सेरो सर्वेक्षणले सक्रिय संक्रमण नभई यसभन्दा अघि शरीरमा कोरोना भाइरस संक्रमण भइसकेको भए त्यसविरुद्ध शरीरले उत्पादन गरेको एन्टीबडी पत्ता लगाउन सहयोग गर्नेछ। 

डा. पाण्डेका अनुसार ५० प्रतिशतभन्दा कम व्यक्तिमा एन्टिबडी देखिएमा नेपालमा संक्रममण  उच्च विन्दुमा पुग्न बाँकी रहेको भन्ने बुझ्नुपर्छ भने ५० प्रतिशतभन्दा बढी व्यक्तिको शरीरमा एन्टीबडी देखिएमा नेपालमा संक्रमणको उच्च अवस्था सकिएको र अब क्रमशः घट्ने भन्ने बुझ्नुपर्छ। 

सेरो सर्वेक्षणको नतिजा आएपछि कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्ने रणनीति बनाउन सहज हुने डा. पाण्डे बताउँछन्। उनका अनुसार  ५ वर्षमाथिको उमेर समूहका र बाहिरबाट नेपाल आई ४ हप्ता बसेको व्यक्तिको नमुना लिइएको छ।

प्रकाशित: Nov 09, 2020| 07:10 सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।