सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

शाक्यले सोमबारदेखि नै पदबहाली गरेको उर्जामन्त्रालयका सचिव दिनेश घिमिरेले जानकारी दिए।
 |  सोमबार, कात्तिक २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २४, २०७७

काठमाडौं–  नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्।

ऊर्जा मन्त्रालयले उनलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुखको जिम्मेवारी दिएको हो।

शाक्यले सोमबारदेखि नै पदबहाली गरेको उर्जामन्त्रालयका सचिव दिनेश घिमिरेले जानकारी दिए।

उप कार्यकारी निर्देशक रहेका शाक्यलाई वरिष्ठताका आधारमा मन्त्रीस्तरीय निर्णयबाट उर्जामन्त्री वर्षमान पुनले जिम्मेवारी तोकेका हुन्।

एनईए इन्जिनियरिङ कम्पनीमा रहेका शाक्यको काज फिर्ता गरेर नियुक्ति दिइएको हो।

यसअघिका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला थिए। मन्त्रालयले कोइरालालाई हटाएर शाक्यलाई ल्याएको हो।

कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरणमा कार्यकारी निर्देशकको पद रिक्त छ।

सरकारले अहिलेसम्म पनि कार्यकारी निर्देशक नियुक्त गर्न सकेको छैन।

प्रकाशित: Nov 09, 2020| 07:07 सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।