सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बैठक डाक्न दाहाल-नेपाल समूहले दिएको ‘अल्टिमेटम’ आज सकिँदै, ओली बैठक नडाक्ने पक्षमा

बैठक डाक्न दाहाल-नेपाल समूहले दिएको ‘अल्टिमेटम’ आज सकिँदै, ओली बैठक नडाक्ने पक्षमा

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई केन्द्रीय सचिवालयको बैठक डाक्न दिएको ४८ घण्टे अल्टिमेटम सोमबार (आज) सकिँदैछ।
 |  सोमबार, कात्तिक २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २४, २०७७

काठमाडौं- नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई केन्द्रीय सचिवालयको बैठक डाक्न दिएको ४८ घण्टे अल्टिमेटम सोमबार (आज) सकिँदैछ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु माधवकुुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष वामदेव गौतमले शनिबार ४८ घण्टा भित्र बैठक डाक्न अल्टिमेटम दिएका थिए । 

दाहाल–नेपाल समूहका नेताहरु पार्टी मुख्यालय धुम्बाराहीमा शुक्रबार र शनिबार बैठक बसेर लिखित पत्र लिएर बालुवाटार पुगेका थिए ।

ओलीले पहिले अर्का अध्यक्ष दाहालसँग एक्लै छलफल र समझदारी नगरी केन्द्रीय सचिवालय बैठक नडाक्ने अडान लिएका छन्। उनलै एक टेलिभिजनलाई अन्तरवार्त दिनेक्रममा जसले जहाँ भन्यो त्यहा जतिखेर भन्यो त्यतिखेर बैठक डाक्न नसकिने प्रतिक्रिया दिएका छन् । 

आज दिउँसोसम्म प्रधामन्त्री ओलीले केन्द्रीय सचिवालय बैठक डाकेनन् भने के गर्ने भन्ने विषयमा दाहाल, नेपाल, खनाल, गौतम र श्रेष्ठ आन्तरिक छलफल गरिरहेका छन्।

केन्द्रीय कमिटी र भदौ २६ गतेको पाँचौं स्थायी कमिटीको म्यान्डेटअनुरूप प्रचण्डले कार्यकारी अध्यक्षको हिसाबले बैठक राख्न सक्ने भए पनि पार्टी एकतालाई जोगाउन अनौपचारिक बैठक गर्नुपरेको नेताहरूले बताएका छन् ।

ओलीले थप एक÷दुई दिनसम्ममा बैठक नडाके दाहालले सचिवालय बैठक डाक्ने र बहुमतका आधारमा गरिएको निर्णय प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले मान्नु पर्ने नेताहरुले बताएका छन् । 

नेताहरुबीचको विवादका कारण नेकपाको विवाद थप पेचिलो बनेको छ । 

प्रकाशित: Nov 09, 2020| 05:20 सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।