सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • म्याक्स अस्पताललाई कोरोना संक्रमितको उपचार बन्द गर्न निर्देशन

म्याक्स अस्पताललाई कोरोना संक्रमितको उपचार बन्द गर्न निर्देशन

जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको म्याक्स अस्पताललाई कोरोना संक्रमितको उपचार बन्द गर्न निर्देशन दिएको छ। 
 |  आइतबार, कात्तिक २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०७७

विराटनगर- जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको म्याक्स अस्पताललाई कोरोना संक्रमितको उपचार बन्द गर्न निर्देशन दिएको छ। 

कोरोना संक्रमण भएका बिरामीहरुलाई सेवा दिइरहेको अस्पतालको अनुगमन गर्ने क्रममा म्याक्स अस्पतालले अनुमति पत्र देखाउन नसकेको र कोभिडका लागि चाहिने न्यूनतम स्वास्थ्यसम्बन्धी शर्तहरु पुरा गरेको नपाइएकाले उपचार बन्द गर्न प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले निर्देशन दिएका हुन्।

प्रशासन कार्यालयले कोभिडका लागि आवश्यक जनशक्ति, संक्रमितको उपचारका लागि अनुमति प्राप्त नगर्दासम्म र

स्वास्थ्यसम्बन्धी अन्य शर्तहरु पूरा नगर्दासम्म बन्द गर्न निर्देशन दिएको जनाएको छ। प्रशासन कार्यालयले हस्पिटललाई काटेको पत्रमा उपचाररत बिरामीलाई अन्यत्र व्यवस्थापन गर्न र उपचारबापतको शुल्क नेपाल सरकारले तोकेभन्दा बढी नलिन पनि भनिएको छ।

प्रशासन कार्यालयले म्याक्स हस्पिटललाई बिना अनुमति संवेदनशिल सेवा सञ्चालन गर्नुको लिखित कारण माग गरेको छ।

प्रशासन कार्यालयले बिरामीको उपचार गर्दा सरकारले तोकेको आइसोलेसनसम्बन्धी निर्देशिका २०७७ लगायतका विधि र मापदण्ड पालना गर्नुपर्छ की पर्दैन, विधि र प्रक्रिया पूरा नगरी सेवा सञ्चालन गर्दा हुने अनपेक्षित परिणामको जवाफ कसले दिने र संक्रामक ऐन २०२० अनुसार कारबाही किन नगर्ने भनी जवाफ माग गरेको छ।    

म्याक्स अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताले स्थानीय सरकारको अनुमतिमा सेवा शुरु गरिएको बताए।

आवश्यक कागजात जुटाउने क्रममा रहेको उनले बताए। प्रदेश सरकारसँग पनि अनुमति लिने क्रममा रहेको मेहताले बताएका छन्।

प्रकाशित: Nov 08, 2020| 13:48 आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।