सोमबार, भदौ १५, २०८३

मानहुँकोटलाई सफा राख्ने अभियानमा पोखरेली युवा 

हाल कुहिरोकै कारण आकर्षणको केन्द्र बनेको छ तनहुँको मानहुँकोट। कोरोना भाइरस संक्रमणको महामारी र लकडाउनका कारण प्रभावित पर्यटन क्षेत्रलाई केही राहत दिँदै आन्तरिक पर्यटकको चहलपहल देखिन थालेको छ उक्त क्षेत्रमा।
 |  आइतबार, कात्तिक २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०७७

पोखरा– तनहुँ जिल्लाको सदरमुकाम दमौलीबाट दक्षिण पश्चिममा पर्ने मानहुँकोट प्राकृतिक दृष्यावलोकन गर्न रुचाउनेहरुका लागि राम्रो गन्तव्य हो।

साविक जामुने गाविस १ मा पर्ने मानहुँकोट हाल व्यास नगरपालिका ५ पर्दछ। सदरमुकाम दमौलीबाट दुई पांग्रे सवारीमा करिब २० मिनट, बसमा करिब आधाघन्टा र पैदल एक देखि सवा एक घण्टामा मानहुँकोट पुग्न सकिन्छ। मौसम बदलिँदो छ। बिहान बेलुकी चल्ने हावा चिसिँदै गएको छ। जाडो मौसम सुरुवातको संकेत कुहिरोले पनि दिन्छ।

हाल कुहिरोकै कारण आकर्षणको केन्द्र बनेको छ तनहुँको मानहुँकोट। कोरोना भाइरस संक्रमणको महामारी र लकडाउनका कारण प्रभावित पर्यटन क्षेत्रलाई केही राहत दिँदै आन्तरिक पर्यटकको चहलपहल देखिन थालेको छ उक्त क्षेत्रमा।

चहलपहल बढेसँगै मानहुँ कोटमा फोहरमैला पनि व्यवस्थित हुन नसकेको अवस्थामा पोखराको एक युवा समूहले डस्टबिन राखिदिएको छ। पोखरा रामहानगरपालिका वडा नम्बर १० र १५ का गुरुङ मगर रमाइलो ग्रुपले १२ थान डस्टबिन राखिदिएको हो।

गुरुङ मगर रमाइलो ग्रुपका रेशम राना मगरले फेसबुक, टिकटकमा सबैले मानहुँ कोटको तस्बिरसँगै फोहोर मैला पनि नगरिदिनु होला भन्नेजस्ता समाचार देखेपछि डस्टबिन नै किन नराखिदिने भन्ने सोच आएको बताए। साथीहरुसँग छलफल गर्दा सबैले सहयोग गरेका कारण सहयोग जुटाएर डस्टबिन राखिएको उनले जानकारी दिए। 

समूहका अर्का सदस्य आश गुरुङले मानहुँ कोटमा डस्टबिन राख्ने अभियान सफल रहेको बताउँदै डस्टबिन सौजन्य गरिदिने सवैलाई धन्यवाद दिए। गुरुङले भने, ‘उद्देश्य बिनाको घुमाइको कुनै महत्व छैन, हाम्रो उद्देश्य मानहुँकोटमा घुम्नुका साथै डस्टबिन पनि राखेर फोहरमैला कम गराऊँ भनेर अभियान थालेको हो।’ 

व्यास ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले डस्टबिन राखिदिने समूहलाई धन्यवाद दिएका छन्। घुम्न मात्र नभई सामाजिक कार्यमा युवाहरुको सहभागिता प्रंसशनीय रहेको उनले बताए। 

मानहुँकोट पुग्नका लागि कच्ची सडक खुलिसकेको छ। अहिले सडक स्तरोन्नतिको काम भइरहेको छ। सडक पक्की बनाउन ठेक्का सम्झौता भएर काम अघि बढिसकेको व्यास ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठ बताउँछन्। ‘यहाँ अहिले खाजाघरहरु खुलिरहेका छन्। रोड पक्की हुँदै छ,’ वडाअध्यक्ष श्रेष्ठले भने, ‘गतवर्ष हामीले छेउपट्टिको भागमा भीर भएकोले रेलिङ हाल्यौं।’

उनले गण्डकी सरकार र नगरपालिका मिलेर विभिन्न पर्यटकीय संरचना बनाउने, पर्यटकीय गतिविधिका कार्यक्रमहरू पनि गर्ने तयारीमा रहेको बताए।

प्रकाशित: Nov 08, 2020| 12:41 आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।