पोखरा– स्याङ्जाको भीरकोट नगरपालिका ५ हर्खौडीमा जीप दुर्घटना हुँदा आइतबार १ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।
पकान फाँटबाट पराल बोकेर हर्खौडीतर्फ जाँदै गरेको लु१च २६९६ नम्बरको जीप दुर्घटना हुँदा १७ वर्षीय असिम सेनको मृत्यु भएको हो ।
जीप दुर्घटनामा घाइते सेनको मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत डिसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
दुर्घटनामा भीरकोट ५ का ३५ वर्षीय शिव सेन, ३९ वर्षीय मनोज सेन, ५२ वर्षीय दिलबहादुर सेन र २२ वर्षीय अञ्जन सेन घाइते भएका छन् ।
घाइते चारै जनाको भिरकोट १ हेलुमा रहेको कालिका सामुदायिक अस्पताल हेलु उपचार भइरहेको छ ।
जीप ग्रामीण सडकबाट ३० मिटर तल खसेको र दुर्घटना पश्चात् फरार चालक राजु पंगेनीलाई समेत पक्राउ गरिएको डिएसपी अधिकारीले बताए ।