सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीले एक्लै भेट्न बोलाउँदा नेताहरु लिएर गए नेपाल, दुई घण्टाको छलफलमा कुनै निष्कर्ष निस्किएन

ओलीले एक्लै भेट्न बोलाउँदा नेताहरु लिएर गए नेपाल, दुई घण्टाको छलफलमा कुनै निष्कर्ष निस्किएन

सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई आफ्नो निवास बालुवाटारमा बोलाएर पार्टीभित्र देखा परेको विवाद समाधानका लागि सहयोग गर्न आग्रह गरेका छन्।
 |  आइतबार, कात्तिक २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०७७

काठमाडौं– सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई आफ्नो निवास बालुवाटारमा बोलाएर पार्टीभित्र देखा परेको विवाद समाधानका लागि सहयोग गर्न आग्रह गरेका छन्। 

ओलीले नेपालसँग एक्लै भेट्न बोलाएको भए पनि नेपालले भने आफू निकट स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई पनि लिएर गएका थिए। 

भेटपछि पाण्डेले अध्यक्ष ओलीसँग दुई घण्टा छलफल भएको जानकारी दिँदै पार्टी बचाउनका लागि सहयोग गर्न ओलीले नेपाललाई अनुरोध गरेको बताए। ‘पार्टीमा संकट आइपरेको छ, समाधानका लागि सहयोग गर्नुप¥यो,’ ओलीले नेपाललाई गरेको आग्रह उद्धृत गर्दै पाण्डेले भने। पार्टी अहिलेसम्मकै दयनीय अवस्थामा पुगेको भन्दै ओलीले माधव नेपालको सहयोग मागेको पाण्डेले बताए। 

जवाफमा नेपालले ‘यो तरिकाले पार्टीको हित हुँदैन, सरकारको पनि हित हुँदैन। किन यसो गर्दै हुनुहुन्छ ? गम्भीर बन्नुस्, सचिवालय बैठक डाक्नुस्। गुटको भेला गर्नु भएन’ भन्दै ओलीसँग असन्तुष्टि व्यक्त गरेका थिए। 

नेता नेपालले पार्टी यो अवस्थामा पुग्नुमा ओली नै प्रमुख कारक रहेको तर्क गरेका थिए। उनले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै प्रधानमन्त्री लचक बने समस्या समाधान हुने बताएका थिए।

कार्यकारी पुष्पकमल दाहालसहित सचिवालयका ५ नेताले बैठक बोलाउन माग गर्दै ओलीलाई पत्र बुझाएको भोलिपल्ट नेपाल ओली छलफल भएको हो ।

प्रकाशित: Nov 08, 2020| 12:08 आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।