सोमबार, भदौ १५, २०८३

कोरोना संक्रमणबाट सल्यानमा पहिलो मृत्यु

कोरोना संक्रमणबाट सल्यानमा पहिलोपटक एक जनाको मृत्यु भएको छ।
 |  आइतबार, कात्तिक २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०७७

सल्यान- कोरोना संक्रमणबाट सल्यानमा पहिलोपटक एक जनाको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका–१ दारिमचौरका ६७ वर्षीय पुरुषको उपचारका क्रममा बाँकेको कोहलपुरमा मृत्यु भएको हो।

केही दिन अगाडि ज्वरो, रुघाखोकीले च्यापेपछि उपचारका लागि दाङ लगिएको थियो। उनको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको र कोहोलपुरमा स्वाब संकलन गरेर अस्पतालमा भर्ना गरिएको भोलिपल्ट नै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ।

उनको मृत्यु भइसकेपछि पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सल्यानका कोरोना स्रोतव्यक्ति रिखाराम पुनले जानकारी दिए।

कोरोनाबाट संक्रमितको मृत्यु भएपछि जिल्लाको ठूलो व्यापारिक केन्द्र श्रीनगर बजार एक साताका लागि सिल गरिएको छ।

श्रीनगरमा रहेका केही व्यापारीहरुमा समेत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखापरेपछि र मृतक व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरु र उपचारमा संलग्न व्यक्तिहरुको स्वाब संक्रलन गरी पीसीआर रिपोर्ट नआउँदासम्मका लागि बजार सिल गरिएको शारदा नगरपालिका–१ का वडाध्यक्ष नवराज बुढाथोकीले जानकारी दिए।

तिहार नजीकै आइरहेको बेला बजारमा अत्यधिक भीडभाड बढिरहेको र समुदायमा कोरोना संक्रमण हुने खतरा रहेकाले बिहानको समयमा मात्रै बजार खोल्ने व्यवस्था गरिएको वडाध्यक्ष बुढाथोकीले जानकारी दिए। ‘तिहार नजीकै आइरहेको छ बजारमा किनमेल गर्नेहरुको भीडभाड अत्यधिक बढेको छ, कोरोना संक्रमण फैलिन सक्ने भएकाले भीडभाड नगर्न सबैमा अनुरोध गर्दछु’, अध्यक्ष बुढाथोकीले भने। 

हालसम्म सल्यानमा ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार, ५०७ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् भने ४३ जनाको जिल्लाका विभिन्न ठाउँमा होम आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना स्रोतव्यक्ति पुनले जानकारी दिए। रासस

प्रकाशित: Nov 08, 2020| 11:40 आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।