काठमाडौं– शान्ति स्थापनार्थ दक्षिण सुडानका लागि संयुक्त राष्ट्र संघ मिसनमा तैनाथ तारादल गण छैठौं डफ्फालाई बदली गर्न नेपाली सेनाको नयाँ टोली त्यसतर्फ प्रस्थान गरेको छ।
प्रमुख सेनानी सुशील प्याकुरेलको कमाण्डमा गोरखबहादुर गण सातौं डफ्फाको २१३ जना नेपाली शान्ति सैनिक, मिसन इलाका प्रस्थान गरेका हुन्।
कोभिड–१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको अदली बदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको नेपाली सेनाले जनाएको छ।
दक्षिण सुडानबाट सेनानी दिपक अर्यालको कमाण्डमा २११ जना शान्ति सैनिक भने भोली बिहान नेपाल आइपुग्ने बताइएको छ।