शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • विजयी भएपछि बाइडेनले भनेः म रंगवाला राज्य होइन संयुक्त राज्य अमेरिका देख्ने छु

विजयी भएपछि बाइडेनले भनेः म रंगवाला राज्य होइन संयुक्त राज्य अमेरिका देख्ने छु

अमेरिकाका लागि राष्ट्रपति निर्वाचित भएपछि जो बाइडेनले आफू रंगवाला राज्य होइन संयुक्त राज्य अमेरिका देख्ने बताएका छन्। 
 |  आइतबार, कात्तिक २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०७७

काठमाडौं– अमेरिकाका लागि राष्ट्रपति निर्वाचित भएपछि जो बाइडेनले आफू रंगवाला राज्य होइन संयुक्त राज्य अमेरिका देख्ने बताएका छन्। 

National life

डेमोक्र्याटिक पार्टीका उम्मेद्वार बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गर्दै विजयी भएपछि पहिलो सम्बोधनमा भने, ‘म रातो रंग, निलो रंगवाला राज्य देख्दिन संयुक्त राज्य अमेरिका देख्नेछु।’

उनले आफूलाई विश्वास गरेकोमा सम्पूर्ण अमेरिकी जनतालाई धन्यवाद दिए।

राष्ट्रपति बाइडेनले सम्बोधन गर्दै भनेका छन्, ‘मलाई अमेरिकी जनताले गरेको विश्वासप्रति म निकै खुशी छु।  म तोड्नेभन्दा  जोड्ने काम गर्नेछु। मनैबाट म तपाईंहरु सबैको विश्वास जित्ने प्रयास गर्ने छु।’

बाइडेनले आफ्नो प्रमुख काम कोरोना भाइरस महामारी नियन्त्रणमा केन्द्रित हुने बताएका छन्। त्यसका लागि उनले सोमबार एक समिति घोषणा गर्ने र त्यसमा शीर्ष वैज्ञानिक र विशेषज्ञहरु रहने बताएका छन्।

Laxmi sunrise bank
kumari

त्यसले कोभिड-१९ नियन्त्रणको योजनाका लागि काम गर्ने उनले बताउँदै भने, ‘योजनालाई  ०२० को २१ जनवरीबाट लागु गरिनेछ।’

अमेरिकी नागरिक कसैलाई पनि भेदभाव नगरी साथमा लिएर अगाडि बढ्ने भन्दै उनले सबैसँग मिलेर काम गर्ने र मुलुकको मेरुदण्डलाई फेरि एक पटक उभ्याउने बताए।  

प्रकाशित: Nov 08, 2020| 04:59 आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।