सोमबार, भदौ १५, २०८३

जगत पोखरेल इपानका गण्डकी संयोजक

स्वतन्त्र ऊर्जा उत्पादकहरूको छाता संस्था इपानको गण्डकी प्रदेश संयोजकमा जगत पोखरेल मनोनित भएका छन्। 
 |  आइतबार, कात्तिक २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०७७

पोखरा– स्वतन्त्र ऊर्जा उत्पादकहरूको छाता संस्था इपानको गण्डकी प्रदेश संयोजकमा जगत पोखरेल मनोनित भएका छन्। 

ऊर्जालगायत थुप्रै व्यवसायमा संलग्न पोखरेल इपानका केन्द्रीय सदस्य हुन्। 

संस्थाका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा बसेको बैठकले पोखरेललाई प्रदेश संयोजक तोकेको हो।

संस्थाका अध्यक्ष आचार्य पनि पोखराकै हुन्। नवनियुक्त संयोजक पोखरेल भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष हुन्।  

जिम्मेवारी पाएपछि प्रतिक्रिया दिँदै पोखरेलले जलविद्युतको हब गण्डकी प्रदेशमा ऊर्जा विकासका लागि सक्दो योगदान दिने प्रतिबद्धता जनाए। 

प्रकाशित: Nov 08, 2020| 02:34 आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।