सोमबार, भदौ १५, २०८३

गण्डकीका प्रमुख सचिव नेपाल कोरोना संक्रमणमुक्त

गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपाल कोरोना संक्रमणमुक्त भएका छन् ।
 |  आइतबार, कात्तिक २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०७७

पोखरा– गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपाल कोरोना संक्रमणमुक्त भएका छन् । 

संक्रमण पुष्टि भएको १५ औं दिन शुक्रबार दोस्रो पटक स्वाब परीक्षण गर्दा शनिबार साँझ नजिता नेगेटिभ आएको हो। 

उनी घरमै आइसोलेसनमा बसेका थिए। प्रमुख सचिव नेपालसहित पत्नी, छोरा, छोरी, भान्सेलाई समेत कोराना पुष्टि भएको थियो। उनीहरु सबैको नतिजा नेगेटिभ आएको छ। 

कोरोनाको प्रभाव व्यक्तिपिच्छे फरक हुने भएकाले यसबाट बच्न आफै सजगता अपनाउन उनले आग्रह गरेका छन् । 

आइसोलेसनमै रहँदा पनि उनले आफू सरकारका महत्वपूर्ण काममा संलग्न रहँदै आएको बताएका छन्। 

पोखरामा सुविधासम्पन्न अस्पताल नभएको महसुस
प्रमुख सचिव नेपालले पोखरामा प्रदेश सरकार मातहत सुविधासम्पन्न अस्पताल नहुँदा जटिल खालका बिरामीको व्यवस्थापनमा केही असहजता भएको बताए।  त्यसको निराकरण छिट्टै गरिने उनले प्रतिबद्धता जनाए। 

पोखरामा रहेका २ मेडिकल कलेजहरुसँग समेत सहकार्य गरेर जिल्लाहरुमा आउटरिच सुविधा पु¥याउने सकिने बारेमा समेत छलफल प्रारम्भ भएको उनले बताए । 

गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगर कोरोना पुष्टि भएपछि निवासमै आइसोलेसनमा छन्। 

प्रदेश सभा सदस्यहरु दीपक कोइराला, गायत्री गुरुङ, रामबहादुर गुरुङ, विनोद केसी पनि आइसोलेसनमै छन्। 

विधायन समिति सभापति मोहनप्रसाद रेग्मी ४० दिनपछि संक्रमणमुक्त भएका छन्। 

मुख्य न्यायाधिवक्ता डा. राजेन्द्र घिमिरे दम्पति पनि कोरोना संक्रमणमुक्त भएर नियमित काममा फर्केका छन्। 


 

प्रकाशित: Nov 08, 2020| 02:02 आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।