सोमबार, भदौ १५, २०८३

मेला लागेको छ मानहुँकोटमा

दमौली बजारले कुहिरोको घुम्टो ओढेर सूर्य उदाउँदाको दृश्य हेर्न लालायित आन्तरिक पर्यटक व्यास नगरपालिका ५ को मानहुँकोट डाँडा पुग्छन् ।
 |  आइतबार, कात्तिक २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०७७

दमौली- महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ । सामजिक सन्जाल र सञ्चारमाध्यममा मानहुँकोटको सौन्दर्य र त्यहाँ पुगेका पर्यटकको तस्बिर छ्यापछ्याप्ती देखिन्छ । टिकटकमा भिडियो बनाउनेको ताँती उस्तै । 

दमौली बजारले कुहिरोको घुम्टो ओढेर सूर्य उदाउँदाको दृश्य हेर्न लालायित आन्तरिक पर्यटक व्यास नगरपालिका ५ को मानहुँकोट डाँडा पुग्छन् ।  आन्तरिक पर्यटक सङ्ख्या दसैँयता ह्‌वात्तै बढेको छ । दसैँपछि दैनिक एक हजारभन्दा बढी पर्यटक दमौलीबाट मानहुँकोट उक्लने गर्थे तर शनिबार १० हजारभन्दा बढी पर्यटक पुगेका छन्  । मेला महोत्सवमा जस्तै डाँडैभरि पर्यटकको ताँती लाग्यो ।

यो सङ्ख्या अहिलेसम्मकै सर्वाधिक रहेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । “गत वर्ष पर्यटकीय याममा दैनिक दुईरतीन सयको हाराहारीमा पर्यटक आउँथे । यो वर्ष दसैँपछि त्यो सङ्ख्या बढेर हजारमा पुग्यो । शनिबार १० हजारभन्दा बढी पर्यटक आएको अनुमान छ,” उनले भने । 

मानहुँकोट पुग्‍ने सडकमा सवारी चाप थेगी नसक्नु हुँदा घण्टौँ जाम लागेको थियो । चापाघाटबाट ६ किलोमिटरको यात्रा गरेपछि मानहुँकोट पुगिन्छ । समुदायस्तरमा कोरोनाको सङ्क्रमणको जोखिम बढिरहेको बेला कोरोना भुलेर हजारौँ पर्यटकको भिड लाग्दा जोखिम झनै बढेको छ । सामाजिक सन्जालमा मानहुँकोट ‘कोरोना फ्री जोन’ हो भनेर समेत व्यङ्ग्य गर्न थालिएको छ । 

घुम्‍न आउँदा पर्यटकले कम्तीमा पनि सचेतना अपनाई मास्क तथा स्यानिटाइजर प्रयोग गर्न र सामाजिक दूरी आनिवार्य कायम राख्‍न वडाध्यक्ष श्रेष्ठको अनुरोध छ । “कोरोनाका कारण घरबाट निस्किएर घुम्‍ने अवस्था छैन । सकभर कमै हिँड्नुस्,” उनले भने ।

तनहुँका विभिन्‍न स्थानसँगै कास्की, स्याङ्जा, लमजुङ, गोरखा र चितवनलगायत जिल्लाबाट पर्यटक आएका हुन् । केही शुक्रबारै मानहुँकोट पुगेका थिए । शनिबार बिहान ३ बजेदेखि नै मानहुँकोट जानेको लर्को राजमार्गमै देखिएको थियो । मानहुँकोटबाट सूर्योदय, सूर्यास्त, हिमशृङ्खला, दमौली बजार, मादी र सेती नदीको दृश्य आकर्षक देखिन्छ । 
-रासस

 

प्रकाशित: Nov 08, 2020| 01:21 आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।