सोमबार, भदौ १५, २०८३

जो बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित

रिपब्लिकन उम्मेदवार तथा हालका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक उम्मेदवार बाइडेन आगामी चार वर्षका लागि राष्ट्रपतिमा निर्वाचित भएका हुन्। 
 |  शनिबार, कात्तिक २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २२, २०७७

काठमाडौं- अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएका छन्। 

रिपब्लिकन उम्मेदवार तथा हालका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक उम्मेदवार बाइडेन आगामी चार वर्षका लागि राष्ट्रपतिमा निर्वाचित भएका हुन्। 

३ नोभेम्बरमा भएको निर्वाचनमा २७३ इलेक्टोरल कलेज मत प्राप्त गर्दै बाइडेन विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी ट्रम्पले २१४ इलेक्टोरल कलेज मत ल्याएका छन्। 

मुख्य ब्याटलग्राउन्ड स्टेट पेन्सलभानियामा बाइडेनले जित हासिल गरेसँगै उनको २७३ इलेक्टोरल कलेज मत प्राप्त गरेका हुन्।

सन् २०२० को निर्वाचनमा बाइडेन विजयी भएसँगै सन् १९९० पछि एक कार्यकाल मात्र अमेरिकी राष्ट्रपति बन्‍ने ट्रम्प पहिलो व्यक्ति बनेका छन्। 

बाइडेनले सात करोड ३० लाख मत प्राप्त गरेका छन्। यो अमेरिकी इतिहासकै सबैभन्दा दोस्रो ठूलो मत हो।

यसअघि मत गणना जारी रहँदै राष्ट्रपति उमेदवार ट्रम्पले मतदानमा धाँधली भएको आरोप लगाएका थिए। उनले मतगणनामा समेत अनियमितता भएको आरोप लगाएका छन्। 
 

प्रकाशित: Nov 07, 2020| 17:22 शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।