सोमबार, भदौ १५, २०८३

सिन्धुपाल्चोकका दीपक बिक नारायणीमा बेपत्ता

पोखरा- नारायणी नदीको नवलपुर खण्डमा शनिबार दिउँसो पौडी खेल्ने क्रममा सिन्धुपाल्चोकका दीपक बिक बेपत्ता भएका छन् ।
 |  शनिबार, कात्तिक २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २२, २०७७

पोखरा- नारायणी नदीको नवलपुर खण्डमा शनिबार दिउँसो पौडी खेल्ने क्रममा सिन्धुपाल्चोकका दीपक बिक बेपत्ता भएका छन् ।

२४ वर्षे दीपक सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ३ का हुन् । 

उनी सानिमाका छोरासँग घुम्न आएका थिए । नवलपुरको गैंडाकोट नगरपालिका(१० स्थित टुबोर्ग बियर फ्याक्ट्रीमा खाली बोतल लिई काठमाडौंदेखि ना३ख ६८९८ नम्बरको ट्रक चालक विजय विकसँग उनी आएको प्रहरीले जनाएको छ । 

टुबोर्ग बियर फ्याक्ट्री नजिकै नारायणी नदीको किनारमा साथीहरुसँग पौडी खेल्ने क्रममा दीपक बेपत्ता भएका हुन्। सँगैका साथीले खबर गरेपछि प्रहरीले खोजी थालेको थियो ।
 

प्रकाशित: Nov 07, 2020| 15:07 शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।